शिक्षक सेवा आयोगले रिक्त दुईजना सदस्यको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले आज (मंगलबार) सूचना जारी गर्दै एक महिलासहित दुईजना सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी १५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ।
‘नियम बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरुका बीचमा योग्ता क्रम निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारलाई तोकिए बमोजिम आयोगको सदस्य नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफासिर गरिने छ,’ सूचनामा भनिएको छ।
हेर्नुहोस् सूचना

105
Shares

प्रतिक्रिया