राजनीति


रावल निष्कासनमा ओलीलक्षित पन्तको टिप्पणीः हामी कोही छैनौँ अजम्बरी

रावल निष्कासनमा ओलीलक्षित पन्तको टिप्पणीः हामी कोही छैनौँ अजम्बरी

फाइल तस्बिर केपी शर्मा र ओली र रघुजी पन्त


नेपालखबर
माघ १, २०८१ मंगलबार १०:४२, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरिएकामा असन्तुष्टि जनाएका छन्। 

एक टेलिभिजनसँगको अन्तर्वार्तामा पन्तले घुमाउरो तरिकाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचनासमेत गरेका छन्। 

यस क्रममा पन्तले अप्रत्यक्ष रूपमा अध्यक्ष ओलीलाई मानिस सधैँ शक्तिमै नरहने र कोही अजम्बरी नभएकाे सुझावसमेत दिएका छन्।  

‘रावल र पार्टीबीचमा जुन सम्बन्ध थियो, त्यो यथास्थितिमा बस्ने अवस्था थिएन। या त त्यो कुराकानी गरेर पोजिटिभ दिशातिर जानुपर्थ्यो या टुंगिनुपर्थ्यो। त्यो ठाउँमा पुगिसक्याथ्यो। उहाँले पनि बाहिर बसेर जसरी बोलिराख्नुभाथ्यो, त्यो नबोल्दा पनि हुन्थ्यो, अलि शालीन बस्था पनि हुन्थ्यो, अलि बढी बोलिराख्नुभाथ्यो’, पन्तले अन्तर्वार्तामा भनेका छन्, ‘उहाँलाई त्यसरी बोल्ने ठाउँमा पुर्‍याउँदा पार्टीलाई कति फाइदा भयो, कति बेफाइदा भयो, अहिले मूल्यांकन गर्न सक्दैनौँ। तर म एउटा कुराचाहिँ के भन्छु भने मुलुक हाँक्छु भन्ने नेताले जुनसुकै पार्टीको होस्, उसको छाती फराकिलो हुनुपर्छ, उसको भिजन फराकिलो हुनुपर्छ र पार्टी र देशका लागि उपयुक्त थोरै भए पनि योगदान गर्न सक्ने मान्छेलाई समेटेर त्यसलाई पनि म मोटिभेट गर्छु, फरक मत राख्या भए पनि मसँग त्यसको पनि नेता हुने क्वालिटी छ भन्ने कुरा सबै नेताले देखाउनुपर्छ। तपाईंले देखाउन सक्नुहुन्न भने आज नबोल्लान्, तर मान्छेहरूको मन बोलिरहेको हुन्छ, उनीहरूले कुनै दिन कुनै न कुनै बेला, सबै नेताको पोजिसन सधैँ एउटै त हुँदैन नि, फेरि हामी कोही पनि अजम्बरी छैनौँ।’

नेकपा एमालेले हालै भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad