समाज


अवैध सुन लुटपाट गरेको आरोपमा काठमाडौँबाट ३ जना पक्राउ

अवैध सुन लुटपाट गरेको आरोपमा काठमाडौँबाट ३ जना पक्राउ

नेपालखबर
पुस २२, २०८१ सोमबार १२:५५, काठमाडौँ

अवैध रुपमा ल्याइएको सुन लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पञ्चकन्या गाउँपालिका-१ घर भई काठमाडौँको टोखा नगरपालिका-१ झोर बस्दै आएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन्।

फ्लाई दुबईको उडानबाट पुस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाएर ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरुले लुटी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुरबाट प्रहरी टोली खटिएको थियो। 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थानसमेत बरामद गरेको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad