समाज


१५ दिनभित्र पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका ८ भूकम्प

१५ दिनभित्र पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका ८ भूकम्प

फाइल तस्बिर: जाजरकोटमा भूकम्पले गरेको क्षति


नेपालखबर
पुस १६, २०८१ मंगलबार १०:१, काठमाडौँ

पुस लागेयता मात्रै पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका ८ भूकम्प गएका छन्।

आज बिहान बैतडीमा भूकम्प गएसँगै १५ दिनभित्र पश्चिम नेपालमा ३ म्याग्निच्युडभन्दा माथिका भूकम्प ८ पटक गएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ५४ मिनेटमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। 

योसमेत पुस लागेयता पश्चिम नेपालमा आठवटा भूकम्प गइसकेका छन्। 

सुरुमा पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो भने लगत्तै पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएको/चर्काएको थियो। 

यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने फेरि आज (पुस १६ गते) बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न सक्ने खालका भूकम्प औसत रूपमा दैनिक १० पटकसम्म जान्छ।

उनका अनुसार नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्न सक्छन्। यसभन्दा मुनिका ससाना भूकम्प त झन् कति जान्छ कति।

भूकम्प मापन केन्द्रले २ म्याग्निच्युडमाथिका भूकम्प रेकर्ड गरे पनि भूकम्प मापन केन्द्रले विवरणमा समेट्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad