लालपूर्जा पाउनुपर्ने माग गर्दै नवलपरासी (पश्चिम) को सुस्ताका बासिन्दाले काठमाडौँ आइपुगेका छन्।
सुस्ता बचाउ अभियानको अगुवाइमा काठमाडौँ पुगेका उनीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनका विरुद्ध आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।

लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको उनीहरूले बताएका छन्। तर आफ्नै देशको सरकारले लालपूर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेको गुनासो गरेका छन्।
उनीहरूले सुस्तामा भइरहेको अतिक्रमण रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कूटनीतिक पहल गर्न माग गरेका छन्। त्यस्तै, सुस्ताबासीलाई तत्काल वंशजको आधारमा नागरिकता उपलब्ध गराउन माग गरेका छन्।

यससँगै पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपूर्जा वितरण गर्नुपर्ने उनीहरूको माग छ। सरकारले माग पूरा नगर्दासम्म काठमाडौँमा प्रदर्शन जारी राख्ने उनीहरूको भनाइ छ।





Shares

प्रतिक्रिया