समाज


काठमाडौँमा तीव्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा पछाडि बस्ने युवकको मृत्यु

चालकको अवस्था गम्भीर
काठमाडौँमा तीव्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा पछाडि बस्ने युवकको मृत्यु

नेपालखबर
पुस १६, २०८१ मंगलबार १०:१३, काठमाडौँ

काठमाडौँको धर्मस्थलीमा मादक पदार्थ खाएका युवकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार अर्का युवकको मृत्यु भएको छ। 

गएराति साढे नौबजे काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलस्थित मिलन धर्मस्थली स्कुल अगाडि बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिँदा मोटरसाइकको पछाडि सवार युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका- ९ घर भई काठमाडौँको बौद्ध बस्दै आएका ३३ वर्षीय कमल राइ रहेका काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुवाश राई गम्भीर घाइते भएका छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका कमलको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमै मृत्यु भएको हो। ‘राति मापसे गरेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको देखिन्छ,’ एसपी राउतले भने। 

त्यसैगरी गएराति नै काठमाडौँको कोटेश्वरमा नम्बर नखुलेको मोटरसाइकलले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन्। 

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर भाटभटेनी नजिक कोटेश्वरबाट बालकुमारी तर्फ जादै गरेको बागमती प्रदेश ०२-०४० प १८०५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०४० प १८०५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।  

दुर्घटनामा बागमती प्रदेश ०२-०४० प १८०५ नम्बरको मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका- ६ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने २३ वर्षीय मिलन विक रहेका प्रहरीले जनाएको छ। 

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad