सरकारले ‘गरिखान नदिएको’ भन्दै विरोध गरिरहेका दृष्टिविहीनले मंगलबार पनि माइतीघर मण्डलमा धर्ना दिएका छन्।
उनीहरूले माइतीघर मण्डलमा धर्ना दिन थालेको नौ दिन पुगेको छ। सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिएको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए।

नगर प्रहरीले धरपक्कड गर्ने, जबर्जस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन्। नौ दिनदेखि धर्ना दिँदै आएका उनीहरू सरकारले वेवास्ता गरेको भन्दै आक्रोसित बनेका छन्।
आफूहरूलाई गरिखान दिनुपर्ने या वैकिल्पक व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। माग पूरा नहुँदासम्म धर्ना जारी रहने संयोजक ओलीले बताए।











6
Shares

प्रतिक्रिया