समाज


साउदीमा हज रोक्ने सरकारकाे निर्णय

साउदीमा हज रोक्ने सरकारकाे निर्णय

नेपालखबर
चैत ५, २०७६ बुधबार १२:५७,

गृह मन्त्रालयले यस वर्ष नेपालीलाई साउदी अरेविया हजमा नपठाउने भएको छ। बुधबार गृहमन्त्री रामबहादुर थापाले साउदीमा हज गर्न जानेलाई अनुमति नदिन निर्देशन दिएका हुन्।

नेपालस्थित साउदी दूतावासले तत्कालका लागि हजको प्रक्रिया रोक्न गृहमन्त्रीलाई आग्रह गरेको थियो।

साउदीले नेपालसहित सबै देशबाट हजमा जानेलाई तत्काल प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको थियो ।

नेपाल हज कमिटिका सदस्य शमशेर मियाँका अनुसार हरेक वर्ष नेपालबाट १ हजार २ सयदेखि १ हजार ५ सय जनासम्म हजका लागि जाने गरेका छन्।

साउदीमा हरेक वर्ष असार अन्तिम साताबाट सुरु हुने हज ४२ दिनसम्म चल्छ। तर कोरोना भाइरसका कारण यस वर्ष गृह मन्त्रीले प्रक्रिया अगाडी नबढाउन निर्णय गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad