समाज


सीमाविद् श्रेष्ठलाई बेलायतमा ‘रेमन्ड माइलफस्की अवार्ड’

सीमाविद् श्रेष्ठलाई बेलायतमा ‘रेमन्ड माइलफस्की अवार्ड’

नेपालखबर
पुस १०, २०८१ बुधबार १५:४४, काठमाडौँ

बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु)ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ।

श्रेष्ठले दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेका छन्।

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा दोस्रो जीवनचर्या सुरु गरे। सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनःप्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सीमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलता र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन यस विषयमा १४ वटा पुस्तक प्रकाशित गरेका थिए।

उनले आफ्नो देशको राष्ट्रिय सीमाको सुरक्षाका लागि तीन दशकभन्दा बढी समयदेखि सीमा रक्षक, सीमा सूचनाकर्ता, सीमा संरक्षक, भौगोलिक सीमाप्रति दृष्टि पुर्‍याउने व्यक्तिका रूपमा विभिन्न गतिविधि र कर्तव्य निर्वाह गर्दै आएका छन्। त्यसैले उनलाई द बोर्डर म्यान अफ नेपाल भनिन्छ।

पुरस्कार प्रदान गरिएको कुरा उजागरगर्दै आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले उल्लेख गरेका छन्, ‘बुद्धि नारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथै शान्ति र स्थिरता ल्याउनका लागि सीमा क्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन्। उनले नेपाल र सीमा पारसीमा निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्। हामी उनलाई माइलफस्की अवार्डले मान्यता दिन पाउँदा गर्व गर्दछौँ।’

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ। माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमन्ड माइलफस्कीको सम्पत्तिबाट सम्भव भएको हो, जो आइब्रु प्रशिक्षण कार्यशालामा प्रशिक्षक रहेका थिए।

पुरस्कारमा ७ सय ४५ स्टर्लिङ पाउन्ड नगद राशि रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad