समाज


दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प

दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस ९, २०८१ मंगलबार २१:५७, काठमाडौँ

दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। 

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २५ मिनेटमा अपी हिमाल नजिक केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पविद्का अनुसार ४ म्याग्निच्युडसम्मका भूकम्पले क्षति गर्ने सम्भावना हुँदैन। 

गत शनिबार मात्र बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो। 

बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पले दर्जनभन्दा बढी घर क्षति भएका छन्। मान्छेलाई भने कसैलाई केही हुन पाएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad