सहकारी ठगीको अभियोग झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले सहकारीको पैसा अपचलन नगरेको र एक पैसा पनि आफ्नो पेटमा नपरेको जिकिर गरेका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले शुक्रबार जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा संलग्न बयानमा उनले सो जिकिर गरेका हुन्।
गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा आफूले केही चेकमा हस्ताक्षर गरेको तर ती हस्ताक्षरहरू खाली चेकमै गरिएको वा आफूलाई पनि गुमराहमा पारी अध्यक्ष जीबी राईले नै प्रयोग गरेको उनको जिकिर छ।
‘...मैले विश्वासमा हस्ताक्षर गरेर छोडेका खाली चेकहरूको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशनबमोजिम मेरो जानकारीबिना मलाईसमेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेका चेकहरू हुन सक्छन्,’ उनले भनेका छन्।
एक अर्को प्रसंगमा उनले जीबी राईले आफ्नो खातामा रकम जम्मा गर्न लगाएको स्वीकारेका त छन् तर त्यो आफ्नो सेयरको मूल्य भएको दाबी गरेका छन्।
बयानमा उनले गोर्खा मिडिया नेटवर्कको नाममा सिद्धार्थ बैंकमा रहेको खाताबाट ३५ लाख रुपैयाँ निकिता पौडेललाई गएको सन्दर्भ उल्लेख गर्दै भनेका छन्, ‘मिति २०७७/०६/११ (२०२०–०९–२७) मा रु. ३५ लाखको रकम गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी फोरके टेलिभिजनका उपकरणहरू अर्डर भएको तर नआइसकेको अवस्थामा आवश्यक इक्युपमेन्ट, जनशक्ति लगायतका टीभी फिल्मीले उपलब्ध गराएको कारण पेस्कीस्वरूप गोपीकृष्ण मुभिजको तत्कालीन अध्यक्ष निकिता पौडेललाई उपलब्ध गराइएको रकम हुनुपर्छ।’
रविसमित उनका व्यावसायिक साझेदारहरू छविलाल बन्जाडेलगायतविरूद्ध सोमबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ।
सम्बन्धित खबर:
-
सम्पत्ति जफतको माग गर्दै रवि पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी
-
रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग
-
रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो
-
सम्पत्ति शुद्धीकरणमा रविविरुद्ध झण्डै २८ करोड बिगो, छविलाई ७४ करोड
-
रविमाथि अभियोग : आपराधिक लाभको लागि आपराधिक समूहसँग मिलेर काम गरे
Shares

प्रतिक्रिया