समाज


निकिता जोडिएको सहकारीमा पनि अनुसन्धान सुरु, भरत जंगम पक्राउ

निकिता जोडिएको सहकारीमा पनि अनुसन्धान सुरु, भरत जंगम पक्राउ

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:५१, काठमाडौँ

सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन्। 

काठमाडौँको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनी उक्त सहकारीमा पूर्वअध्यक्ष हुन् भने रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेल उक्त सहकारीमा उपाध्यक्ष थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ परेको हो। काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीका अनुसार जंगमविरुद्ध काठमाडौँ महानगरको पत्र र पीडितको जाहेरी समेत परेपछि उनलाई पक्राउ गरिएको हो।

अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अगाडि बढाइने अधिकारीले जानकारी दिए।

पीडितले उनीहरुविरुद्ध काठमाडौँ महानगरमा निवेदन दिएका थिए भने प्रहरीमा जाहेरी समेत दिएका थिए। काठमाडौं महानगरपालिकाले २०८० चैतमै निकिता जोडिएको उक्त सहकारीमा छापा मारेको थियो।

सहकारीले हाल नयाँ सञ्चालक समिति चयन गरेको छ भने  जंगम उक्त संस्थाको पूर्वअध्यक्ष र निकिता पूर्वउपाध्यक्षका रुपमा रहेका छन्।

काठमाडौँ महानगरले ४० वटा सहकारीको अनुगमन गरेको थियो जसमध्य साई स्वागत सहकारी पनि एक हो।

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad