समाज


रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग

रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:१०, काठमाडौँ

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ।

आइतबार जिल्ला अदालत कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर गर्दै उनीहरूको नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो।

अभियोगमा रवि लामिछानेको नाममा काभ्रेपलान्चोकको नाल्दुम बालुवापाटनमा रहेको १–१–१–१ क्षेत्रफलको जग्गा जफत गर्न माग गरेको हो।

यस्तै, निकिताका नाममा बूढानीलकण्ठमा रहेको ५ आना जग्गा पनि जफत गर्न माग गरिएको छ। उक्त जग्गाको मूल्य ३ करोड ८५ लाख रुपैयाँ बराबरको हो।

सो जग्गा २०७६ मंसिर २३ गते खरिद गरिएको थियो।

रवि र निकिताको बैंक खातामा ७ लाख ७४ हजार ७७४ रुपैयाँ रहेको छ।

रवि र निकिताका विभिन्न बैंकमा रहेका १८ वटा खातामा उक्त रकम फेला परेको हो।

सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो अशुल गर्न माग गरिएको छ।

सम्पत्ति जफतका लागि रविकी पत्नी निकितालाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad