समाज


रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो

रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो।

सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट शेयर लिनको लागि प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व  एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको हो।

लामिछानेले जीबीसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरित रकम अपचलन गर्नका लागि कृतिम कारोबार, कृतिम व्यक्ति, काल्पिनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्व योजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको अभियोग छ।

उनले गोर्खा मिडियाबाट विभिन्न कम्पनी तथा व्यक्तिलाई चेकमार्फत भुक्तानी गरेको, शेयर बिक्री गरेर अलग भइसकेको भने पनि त्यसपछि पनि चेकमार्फत भुक्तानी दिएको भेटिएको छ।

यस्तै, रविलाई झण्डै २८ करोड बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा छुट्टै मुद्दा दायर गरिएको छ। रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad