समाज


साई स्वागत सहकारीका कोषाध्यक्ष दाहाल पनि पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति

साई स्वागत सहकारीका कोषाध्यक्ष दाहाल पनि पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
पुस ७, २०८१ आइतबार १९:१०, काठमाडौँ

साई स्वागत वचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पनि पक्राउ परेका छन्। सहकारीका अध्यक्ष भरतमणी जंगम पक्राउ परेकै दिन कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको हो। 

आइतबार दिउँसो पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले पहिलो पटक ५ दिनको अनुमति काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

सहकारीका बचतकर्ताको जाहेरी र काठमाडौँ महानगरपालिकालेप्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। जाहेरीपछि प्रहरीले पक्राउ पूर्जी लिइसकेको थियो। 

आइतबार दिउँसो २ बजेतिर काठमाडौँ महानगरपालिका १० स्थित बिजुली बजारबाट उनीहरुलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए। 

भरतमणी जंगम काठमाडौँ महानगरपालिका ३ बाँसवारी स्थित रहेको साई स्वागत तथा बचत ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिको अध्यक्ष हुन्।

मोरङको लेटाङ घर भएका लुमन दाहाल सोही सहकारीका कोषाध्यक्ष हुन्। यो सहकारीको पूर्व उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल हुन्। रविको मुद्दामा उनलाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। उनको नाममा भएको सम्पुर्ण सम्पत्ति जफत गर्न कास्की अदालतमा माग गरिएको छ। 

उता मुद्दा दायर भएकै दिन उनी पूर्व उपाध्यक्ष रहेको सहकारीमा पनि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad