समाज


२९ मंसिरको राशिफल: कर्कटको बोली बिक्ने, तुलालाई लाभहानी बराबरी, तपाईँको के?

२९ मंसिरको राशिफल: कर्कटको बोली बिक्ने, तुलालाई लाभहानी बराबरी, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर २९, २०८१ शनिबार ४:४७, काठमाडौँ

आज शनिबार, २९ मंसिर २०८१ (१४ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ५१, % वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

वृष: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुनर्मिलनको योग रहेको छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक दायित्व वा पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी आउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट: नयाँ र शुभकार्यको चर्चा चल्नेछ र सुन्न पाइनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। चलाखीपूर्ण बोलीले सकंल्प सिद्ध हुनेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

सिंह: भाग्यशाली भएर देखा पर्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। सरकारी निकायको भय रहनेछ। आत: सावधान रहनुहोला।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग  ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला: दिन माध्यम नै रहनेछ। लाभहानी, आयव्यय, बराबरी मध्यम खालको मिल्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। वैदेशिक कार्यमा सफलता नपाइएला।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सकंल्प सिद्ध हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु: कुनै कुराले मनमा शान्ति छाउनेछ। भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा दिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार पाइनेछ तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

मकर: लामो समयदेखि गरिएको काम पूरा हुनेछ। नयाँ लक्ष्यप्राप्तिको योग देखिन्छन्। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

कुम्भ: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। घर व्यवहारमा झमेला रहला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

मीन: सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। दैनिक कार्यमा प्रगति हुनेछ। बोलीको भरमा सकंल्प सिद्ध हुनसक्छ। शुभ समाचार सुन्न पाइएला। कूटनीतिक नियोगको सहयोग मिल्ला।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad