समाज


प्रचण्डकी नातिनी स्मिताको विवाहमा भारतीय प्रधानमन्त्री मोदीको बधाई

प्रचण्डकी नातिनी स्मिताको विवाहमा भारतीय प्रधानमन्त्री मोदीको बधाई

नेपालखबर
मंसिर २४, २०८१ सोमबार २०:३२, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको विवाहको उपलक्ष्यमा बधाई सन्देश दिएका छन्।

प्रधानमन्त्रीको लेटरप्याडमै दिइएको बधाई स्मिताकी आमा एवं प्रचण्डकी छोरी गंगा दाहालले भर्खरै सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

गंगालाई सम्बोधन गरी मोदीले स्मिता र बेहुला सायुज्य श्रेष्ठलाई वैवाहिक बन्धनमा बाँधिएकोमा बधाइ दिँदै सफल दाम्पत्य जीवनको लागि शुभकामना दिएका छन्। 

गंगालाई सम्बोधन गरी मोदीले स्मिता र बेहुला सायुज्य श्रेष्ठलाई वैवाहिक बन्धनमा बाँधिएकोमा बधाइ दिँदै सफल दाम्पत्य जीवनको लागि शुभकामना दिएका छन्। 

मोदीले आफूलाई विवाहउत्सवमा निम्ता गरिएकामा उनले आभार व्यक्त गरेका छन्। साथै उनले आफ्नो बधाइ सन्देश प्रचण्डसम्म पुर्‍याइदिन पनि आग्रह गरेका छन्।

स्मिता गंगाकी छोरी हुन्। उनको विवाह गत शुक्रबार (मंसिर २१ मा) काठमाडौँमा भएको हो।

गंगाले बधाइ सन्देशका लागि सामाजिक सञ्जालमै मोदीप्रति कृतज्ञता प्रकट गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad