कला


नातिनी स्मितालाई अन्माउँदा भावुक बने प्रचण्ड, ओली पनि पुगे विवाहमा (तस्बिरहरू)

नातिनी स्मितालाई अन्माउँदा भावुक बने प्रचण्ड, ओली पनि पुगे विवाहमा (तस्बिरहरू)

नातिनी स्मितालाई अन्माउने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड। तस्बिर : गोपीकृष्ण चापागाईं


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार २१:२५, काठमाडौँ

काठमाडौँको गोकर्णस्थित नर्लिङ रिसोर्ट आज दिनभरजसो उत्सवमय बन्यो। देशका भीआईपी एवं उच्च व्यापारिक घरानाका व्यक्तिहरूको आउजाउ र जमघटले उत्सवलाई थप भव्य बनाइरहेको थियो।

नहोस् पनि किन? त्यहाँ पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल बेहुलीका रूपमा विवाहमण्डपमा थिइन्। अर्कोतिर देशको एक प्रतिष्ठित व्यावसायिक घरानाका सदस्य सायुज्य श्रेष्ठ बेहुला थिए। 

सायुज्य प्रतिष्ठित व्यवसायी कल्याणगोविन्द श्रेष्ठका नाति एवं सुरज श्रेष्ठका छोरा हुन्। उनीहरूको पुर्ख्यौँली घर पाल्पा हो।  

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत वरवधुलाई आशिर्वाद दिन विवाहस्थलमा पुगेका थिए। अन्य राजनीतिक दलका नेतादेखि प्रशासनिक, व्यावसायिक र कला क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि उत्तिकै थिए।

तर जब बेहुली अन्माउने बेला भयो, माहोल एकाएक भावुक बन्न पुग्यो। बेहुलीलाई बिदा गर्दा आमा गंगा दाहालका आँखा रसाए। आमासँग बिदा हुँदा स्मिताले पनि आँसु रोक्न सकिनन्। गंगा प्रचण्डकी छोरी हुन् भने स्मिता गंगाकी छोरी।

यही माहोलमा स्मिताका हजुरबुवा प्रचण्डका आँखा पनि ओभानो रहेनन्। गहभरि आँसु पारेर उनले नातिनीतर्फ बिदाइका हात हल्लाए। 

गायनमा समेत सक्रिय रहेकी स्मिता बबरमहलका सायुज्य श्रेष्ठसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन्। 

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले यसै महिना इन्गेजमेन्ट गरेका थिए। एमबीए अध्ययन गरेका सायुज्य व्यवसायी हुन्। स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन्। 

स्मिताका ‘मायालु तिमी कता छौ’ लगायतका गीतहरू हिट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad