समाज


पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति वाग्लेको नेतृत्वमा सर्वसम्मत

पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति वाग्लेको नेतृत्वमा सर्वसम्मत

नेपालखबर
मंसिर २४, २०८१ सोमबार २०:३५, काठमाडौँ

नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति रमेश वाग्लेको अध्यक्षतामा चयन भएको छ।

सबै पदमा तोकिएको कोटा अनुसार मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन भएको हो।

प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ, महासचिवमा रामचन्द्र अर्याल (आरसी) निर्विरोध भएका छन्।

यस्तै खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटाको मात्रै उम्मेदवारी परेको हो।

सदस्यहरुमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा, राजेन्द्र पोखरेल, महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत सर्वसहमत भएका हुन्।

पत्रकार महासंघको महाधिवेशन आगामी मंसिर २८ गते देशभर हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad