राष्ट्रिय मानवअधिकार आयोगले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै संकटको मौका छोपी कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।
कोरोनाको संक्रमणविरुद्ध लड्न विश्व समूदाय र नेपाललेसमेत विभिन्न उपाय अपनाइरहेको अवस्थामा दैनिक उपभोग्य वस्तुहरु ग्यास, खाद्यान्न, औषधिलगायतको कृत्रिम अभाव सिर्जना गरिएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
‘सन्त्रासयुक्त समयमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी, अत्यधिक मूल्य असुली, गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न नगराउन तथा त्यसको प्रभावकारी अनुगमन गर्नसमेत आयोग सम्बद्ध व्यावसायी तथा नेपाल सरकारलाई आग्रह गर्दछ’ आयोगले साेमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया