ad ad

समाज


कोरोनाबाट बचाउँछ भन्दै चर्चले छर्केको नुनपानीबाट ४६ जना संक्रमित

कोरोनाबाट बचाउँछ भन्दै चर्चले छर्केको नुनपानीबाट ४६ जना संक्रमित

नेपालखबर
चैत ३, २०७६ सोमबार १०:५६,

पछिल्लो समय कोरोना भाइरसको महामारी चलिरहँदा विश्वभर झुठा सूचना र दाबी फैलिरहेका छन्।

दक्षिण कोरियामा यस्तै एउटा झुठो दाबीले मानिसहरुको ज्यान लिएको छ।

दक्षिण कोरियाको एउटा चर्चले नुनपानी खुवाउँदा र छर्किंदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्दै मानिसहरुलाई नुनपानी छर्किएको थियो।

तर, एउटै बोटलबाट सबैलाई नुनपानी खुवाउँदा र छर्किंदा ४६ जनामा भाइरस फैलिएको खुलासा भएको छ।

राजधानी सोलको दक्षिणमा रहेको गुन्जी प्रान्तस्थित एक चर्चमा सो घटना भएको थियो। चर्चका अधिकारीहरुले स्प्रे बोटल पालैपालो मानिसहरुको मुखमा छिराएर नुनपानी खुवाएका थिए।

मार्च १ देखि ८ सयम्म करिब एक सय जना धर्मावलम्बीलाई उनीहरुले यसरी पानी छर्किएका थिए।

संक्रमित हुनेमा पास्टर र उनकी पत्नी पनि छन्।

अहिले सरकारले चर्च बन्द गराएको छ र त्यहाँ जाने सबैको परीक्षण गरिएको छ।

सोमबार दक्षिण कोरियामा ७४ नयाँ संक्रमित फेला परेका छन्। हालसम्म संक्रमितको संख्या ८ हजार ३ सय ३६ पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .