सोमबार वकिल सुधिर कुमार ओझाले चीनले कोरोना भाइरस विश्वभर फैल्याउने षड्यन्त्र रचेको भन्दै मुजफरपुर अदालतमा मुद्दा दर्ता गरेको बिजनेस स्ट्यानडर्डले जनाएको छ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ११७ पुगेको छ। त्यहाँ २ जनाको मृत्यु भएको छ। यसबीचमा सोमबार वकिल सुधिरले चिनियाँ राष्ट्रपति र चिनियाँ राजदूतविरुद्ध मुद्दा दर्ता गरेका हुन्।
यस मुद्दाको सुनुवाई आगामी अप्रिल ११ मा हुने भारतीय संचारमाध्यमले जनाएका छन्।
3
Shares

प्रतिक्रिया