बझाङको एक विद्यालयमा चन्दा असुल्दै गर्दा विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।
बझाङको थलरा गाउँपालिका ७ स्थित भवानी माध्यमिक विद्यालयबाट विप्लवका बझाङ कमिटी सदस्य सागर भन्ने बजिलाल शाही आइतबार पक्राउ परेका हुन्।
उनको साथबाट एक थान गोलीविनाको पेस्तोल, चन्दाको ठेली र चार हजार रुपैयाँ बरामद भएको बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए। उनीसँगै रहेका अर्का एक जना भने फरार भएका छन्।
विद्यालयमा चन्दा असुल्न पुगेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय थलराबाट टोली परिचालन भएको थियो। शाही बझाङकै जयपृथ्वी नगरपालिकाका हुन्।

प्रतिक्रिया