समाज


नेपालको मौसममा पश्चिमी वायु र उत्तर प्रदेशमा अवस्थित निम्न चापीय प्रणालीको प्रभाव

यी चार प्रदेशको पहाडी भूभागका केही ठाउँमा वर्षा र उच्च क्षेत्रमा हिमपात हुने अनुमान
नेपालको मौसममा पश्चिमी वायु र उत्तर प्रदेशमा अवस्थित निम्न चापीय प्रणालीको प्रभाव

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ६:५१, काठमाडौँ

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसैगरी भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा रहेको कमजोर खालको निम्न चापीय प्रणालीको सामान्य प्रभाव पनि नेपालमो मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतिबेला (शुक्रबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला शनिबार र आइतबारको मौसम? 
२०८१ मंसिर ८ गते शनिबार

दिउँसोː  कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर ९ गते आइततबार

दिउँसोː कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

रातिː कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad