ad ad

समाज


पुन: भित्रियो पश्चिमी वायु, अधिकांश भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

पुन: भित्रियो पश्चिमी वायु, अधिकांश भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ४:१०,

नेपालमा पुनः पश्चिमी वायु भित्रिएको छ। पश्चिमी र स्थानीय वायुको प्रभावको कारण आज (शुक्रबार) बिहानैदेखि देशैभरको मौसम बदली भएको छ।

काठमाडाैँ उपत्याकामा बिहानैदेखि घाम लागेकाे छैन।

देशको पश्चिमी तथा मध्य भूभागमा आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमका केही ठाउँमा वर्षा सुरु भइसकेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन्।

‘आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ,’ उनले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गएराति देखि नै मौसम बदली भएको छ। पश्चिम र मध्यक्षेत्रमा यसको प्रभाव अलि बढी छ। पूर्वी क्षेत्रमा पनि आंशिक प्रभाव पर्ने अनुमान गरेका छौँ।’

वासीका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ। ‘अब भोली (शनिबार) सम्म मौसम यस्तै रहन्छ,’ मौसमविद् वासीले भनिन्, ‘आइतबारदेखि मात्रै मौसम सफा हुन थाल्छ।’

आज बिहान काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम २५ देखि २७ डिग्री पुग्ने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .