ad ad

समाज


कोरोना लक्षण देखिएका युक्रेनी दम्पतीलाई नेपाल प्रवेशमा रोक

कोरोना लक्षण देखिएका युक्रेनी दम्पतीलाई नेपाल प्रवेशमा रोक

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ५:२०,

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न खोज्ने एक युक्रेनी दम्पतीमा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणको लक्षण देखिएपछि नेपाल प्रवेश गर्न रोकिएको छ। उनीहरुलाई भारततर्फ फर्काइएको छ।

शुक्रबार बिहान २:३० बजे उनीहरु भारतीतर्फबाट नेपाल प्रवेश गर्न काँकडभिट्टा नाका आइपुगेका थिए।  ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकी  देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिइन्।

उनीहरुमा कोरानाको लक्ष्यण देखिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउन खोजिएको थियो।  उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारततर्फ नै फर्काइएको अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले जनाए।

'कोरानाका शङ्का लागेमा बिरामीलाई राख्न झापामा आइसोलेशन छैन',उनले भने, 'हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजेका थियाैं तर नमानेपछि भारततर्फ नै फर्कादिऔँ।'

उनीहरु भारतको नयाँ दिल्ली विमानस्थल हुँदै जनवरी १० मा भारत आएका थिए। भारतका विभिन्न स्थान घुमेर नेपाल आउन खोजेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .