ad ad

समाज


घरेलु मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु, ३ सिकिस्त

 घरेलु मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु, ३ सिकिस्त

शैलेन्द्र महतो
फागुन ३०, २०७६ शुक्रबार ३:१४,

होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। तीन जना सिकिस्त बिरामी परेका छन्।

मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ६ जनाको मृत्यु भएको हो।

मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

अर्का एकजनाको भने तीन दिन अघि नै मृत्यु भएको स्थानीयले बताएका छन्।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन्।

मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ।

स्थानीयले उनको पनि मृत्यु भइसकेको दाबी गरेका छन्। तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन। ‘उनको अवस्था चिन्ताजनक रहेको खबर छ, मृत्युको खबर आइसकेको छैन,’ प्रहरी निरीक्षक पप्पु नायकले भने।

सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

मृतक पाँच जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएपछि रमदैया गाउँ शोकमा डुबेको छ।

99999999

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी  दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .