रोशी खोलामा बनाइएको डाइभर्सन सोमबारको वर्षाले क्षति हुँदा अवरुद्ध बीपी राजमार्ग एक घण्टामै खुलाइएको छ।
गत असोज ११ गतेको बाढीले काभ्रेको चाैकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँठाउँमा सडक बगाएपछि रोशी खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ।
तर सोमबार परेको पानीले त्यो डाइभर्सन पनि भत्किएपछि एक घण्टा सडक अवरुद्ध भएको थियो।
‘खोलामा लेदोसहितको पानी आउँदा डाइर्भनमा केही क्षति भएको थियो,’ काभ्रेपलाञ्चोक जिल्लासमेत हेर्ने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले भने, ‘१ घण्टामै गाडी सञ्चालनमा आएका थिए।’
डाइभर्सन बनेपछि अहिले सामान्य अवस्थामै सवारीसाधन सञ्चालन भइरहेको उनले जानकारी दिए।
48
Shares

प्रतिक्रिया