कारोबार


अक्टोबरमा नेपाल आए १ लाख २४ हजार पर्यटक, अमेरिकी र भारतीय करिब बराबर

अक्टोबरमा नेपाल आए १ लाख २४ हजार पर्यटक, अमेरिकी र भारतीय करिब बराबर

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ११:५८, काठमाडौँ

अक्टोबर महिनामा १ लाख २४ हजार पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटकको यो संख्या कोरोना महामारीपछिका वर्षमा सबैभन्दा बढी हो भने अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो।

कोरोना महामारीयताका वर्षमा सबैभन्दा पर्यटक भित्रिए पनि २०१९  को तुलनामा यो अझै कम हो।

सन् २०१९ मा १ लाख ३४ हजार पर्यटक आएका थिए। 

यस्तै २०२३ मा १ लाख १७ हजार पर्यटक भित्रिएका थिए। 

अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक करिब उतिकै संख्यामा आएका छन्।

भारतीय १६ हजार ३१३ जना आउँदा अमेरिकन १६ हजार २३ जना भित्रिएको पर्यटन बोर्डले संकलन गरेको तथ्यांकले देखाएको छ। 

तेस्रो नम्बरमा बेलायतबाट ८ हजार १९ र चौथो चीनबाट ७ हजार ७५० पर्यटक भित्रिएका छन्।

अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार १२५ र इटालीबाट २.१२ छ।00

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad