समाज


मिस्टर एण्ड मिस लिटिल पूर्वेलीको उपाधि निमिशा, ममिषा र प्रज्ञानलाई

मिस्टर एण्ड मिस लिटिल पूर्वेलीको उपाधि निमिशा, ममिषा र प्रज्ञानलाई

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १७:१३, काठमाडौँ

‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ। इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ग्राण्ड फिनालेबाट मिस लिटिल पूर्वेलीतर्फ निमिशा आचार्य, मिस लिटिल किड्सतर्फ ममिषा चौधरी र मिस्टर लिटिल पूर्वेलीतर्फ प्रज्ञान शाक्यले उपाधि चुम्न सफल भए।

विजेताहरूले ३०र३० हजार नगदसहित आकर्षक पुरस्कार प्राप्त गरेका छन्। ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजना रहेको प्रतियोगिताको फाइनलमा ५५ जना बालबालिकाले सहभागी जनाएका थिए।

ग्रान्ड फिनालेबाट प्रतियोगिताको मिस लिटिल पूर्वेलीतर्फ निजा आचार्य फर्स्ट रनरअप, सेल्मा नर्साल तामाङ सेकेन्ड रनरअप र गृष्मा कटवाल अर्गनाइजर च्वाइक बन्न सफल भइन्।

यता मिस लिटिल किड्सतर्फ श्रेया लिम्बू फर्स्ट रनरअप बन्दा अस्मिका खड्का सेकेन्ड रनरअप बन्न सफल भईन् भने प्रिन्सा खत्री अर्गनाइजर च्वाइस बनिन्।

यस्तै मिस्टर लिटिल पूर्वेलीतर्फ आषिक बस्नेत फर्स्ट रनरअप बन्न सफल भए भने ग्राण्ड फिनालेबाट सन्जिब श्रेष्ठ सेकेन्ड रनरअप र प्रतीक थापा अर्गनाइजर च्वाइस बन्न सफल भएका छन्।

मिस्टर एण्ड मिस लिटिल पूर्वेलीको ग्रान्ड फिनालेमा मोडल रुषा न्यौपाने, मिस्टर नेपाल २०२४ का फर्स्ट रनरअप आदेश प्रधान, डाक्टर शोभा गुप्ता र उद्धमी रक्तिम जोय निर्णायकको रुपमा रहेका थिए।

यो प्रतियोगिताको पहिलो अडिसनमा ८० र दोश्रो अडिसनमा ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको थियो। प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरेकी थिइन्।

उनी लगायत अन्य प्रशिक्षकहरुले प्रतियोगीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिएका थिए। ग्राण्ड फिनालेको सहयोगीमा रोयल रिसोर्ट, सिनेसुत्र न्युज, युथ डेभलपमेन्ट सेन्टर, शान्ती पार्टी प्यालेस र जम्प एरिना रहेका छन् भने कार्यक्रमको मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ हुन्।

मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको मिडिया पार्टनर परिकला न्युज, फोटो तथा भिडियोग्राफी बज क्रियसन, वार्ड्रप पार्टनर निधि बुटिक, मकेअप पार्टनर मार्टिना मेकअप स्टुडियो, क्यालेन्डर पार्टनर हाम्रो पात्रो र भोटिङ पार्टनर एभिन्टोज रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad