ग्लोबल


हेजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण, ७ जनाको मृत्यु

हेजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण, ७ जनाको मृत्यु

हिजबुल्लाहद्वारा इजरायली सहर मेतुलामा गरिएको रकेट आक्रमण।


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १७:१६, काठमाडौँ

उत्तरी इजरायलमा हेजबुल्लाहले बिहीबार गरेका दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार यो हमला महिनौँयता भएका आक्रमणमध्ये सबैभन्दा घातक साबित भएको छ।

लेबनानको सिमानामा रहेको मेतुला सहर नजिकै रकेट प्रहार हुँदा एक इजरायली किसान र चार थाई कृषि कामदारको मृत्यु भएको इजरायली र थाई अधिकारीहरूले बताएका छन्।

पछि हाइफाको तटीय सहरको बाहिरी भागमा रहेको किबुट्ज अफेक नजिकैको जैतुनको ग्रोभमा भएको आक्रमणमा एक इजरायली महिला र उनका वयस्क छोराको पनि मृत्यु भएको हो। 

हेजबुल्लाहले इजरायली सेनालाई हाइफाको उत्तरी भागमा र मेतुलाको विपरीत लेबनानी सहर खियामको दक्षिणतर्फ क्रायोट क्षेत्रमा रकेट प्रहार गरेको जनाएको छ।

बिहीबारको दोस्रो रकेट आक्रमणले मेतुलाबाट करिब ६५ किलोमिटर (४० माइल) दक्षिणपश्चिममा र लेबनानको सीमाबाट २८ किलोमिटर टाढा किबुट्ज अफेक नजिकैको कृषि क्षेत्रलाई निशाना बनाएको थियो।

सेनाका अनुसार कूल ५५ वटा तोपका गोला पश्चिमी ग्यालिली क्षेत्र, जहाँ किबुट्ज अवस्थित छ, साथै मध्य ग्यालिली र माथिल्लो ग्यालिलीतर्फ प्रहार गरिएका थिए।

बीबीसीका अनुसार तीमध्ये कतिपय तोपका गोला रोकिए भने केही खुला मैदानमा खसे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad