कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पुरेनास्थित सडकमा लु.१ ख ९०९२ नम्बरको बसले लु.६६ प ४८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ।
बुद्धभूमी नगरपालिका–३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
4.0k
Shares

प्रतिक्रिया