आज शुक्रबार, ९ कात्तिक २०८१ (२५ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : मनमा दुबिधा उत्पन्न हुनेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। कार्य सम्पादनमा समस्या आउनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, वैदेशिक कार्यमा पनि ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई पीडा नदिने।
वृष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। चिताएको कामले तीव्रता लिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुनेछन्। तर, अनावश्यक धन र परिश्रम पनि खर्च हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : दिन सामान्य नै रहनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धामा फाइदा हुने योग छ। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट आँटेको काम सफल हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्।
भाग्यशाली रङ निलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।
सिंह : मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। नयाँ ज्ञान सिक्ने मौका गुम्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाबीच मतभेद बढ्छ। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ आकासे हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख नदिने।
कन्या : पुनर्मिलनको योग छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
तुला : वस्त्र उपहार पाइनेछ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ। भ्रमण र तीर्थाटनको योग छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक : आँटे-ताकेको पूरा हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। उपहार पाइनेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
धनु : सुखदुःख बराबरी रहनेछ। स्वास्थ्यमा धन खर्च होला। आफन्तको साथ मिल्नेछ। कुनै कुराले मानसिक चिन्ता बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रशंसकहरूले पनि आलोचना गर्नेछन्।
भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक र धार्मिक कार्यमा सरिक भइनेछ। विशेषगरी विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कसैप्रति रिसराग नराख्ने।
कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। एउटै कामबाट दोहोरो फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। बढुवा तथा सरुवाको योग छ। शैक्षिक क्षेत्रमा अधिक सफलता मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन : साथीभाइसँग मनोरञ्जनमा समय बित्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। आँटेको पूरा होला। नजिकका व्यक्तिबाट सहयोग हुनेछ। शुभ कार्यमा संलग्न भइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया