समाज


ट्राफिक प्रहरी तनहुँमा कार्यरत हवल्दार नहर्कीको सवारी दुर्घटनामा मृत्यु

ट्राफिक प्रहरी  तनहुँमा कार्यरत हवल्दार नहर्कीको सवारी दुर्घटनामा मृत्यु

ट्राफिक प्रहरी कार्यालय, तनहुँ


नेपालखबर
असोज २८, २०८१ सोमबार १७:३, काठमाडौँ

ट्राफिक प्रहरीमा कार्यरत एकजना हवल्दारको दुर्घटनामा परेर मृत्यु भएको छ।

सोमबार (असोज २८) बिहान गोरखाबाट तनुहँँतर्फ जाने क्रममा आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा ग १ ज ८४१८ नम्बरको माइक्रोले ठक्कर दिँदा ट्राफिक प्रहरी हवल्दार भक्तबहादुर नहर्कीको निधन भएको हो। 

गोरखा नगरपालिका–१४ स्थायी घर भएका ३७ वर्षीय नहर्की जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत थिए। उनी आफ्नै कामको सिलसिलामा मोटरसाइकलमा सवार थिए। 

सोही क्रममा विपरित दिशाबाट आएको माइक्रोले उनी सवार गण्डकी एएए ०० १५ नम्बरको मोटरसाइकललाई बिहान करिब ८ बजेर ३५ मिनेटको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले नेपालखबरलाई बताए। 

उनका अनुसार, दुर्घटनामा परेर नहर्कीको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै आँबुखैरेनी अस्पतालमा उपचारका लागि पुर्‍याइएकोमा चिकित्सकले ८ बजेर ५१ मिनेटमा मृत घोषणा गरेका हुन्। 

डीएसपी थापाका अनुसार अहिले उनको शव पोस्टमार्टम सकेर परिवारलाई बुझाउने काम भइरहेको छ। 

आफन्तलाई बुझाउनुअघि प्रहरीले उनको पार्थिव शरीरलाई सलामी पनि दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad