समाज


‘भजन कीर्तन’ मा रमाएर बुढ्यौलीपन भुल्छन् ज्येष्ठ नागरिक

‘भजन कीर्तन’ मा रमाएर बुढ्यौलीपन भुल्छन् ज्येष्ठ नागरिक

नेपालखबर
असोज २७, २०८१ आइतबार २०:३, स्याङ्जा

वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुगे। उनी लौरोको सहारामा पतञ्जली योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्छन्।

घरमा मात्रै बसिीरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जलीसम्म पैदल जान र त्यहाँ पुगेर आफूजस्तै अन्य ज्येष्ठ नागरिक सहभागी भएर भजन कीर्तन गर्दा छुट्टै आनन्द मिल्ने गरेको उपाध्याय  बताउँछन्।

वालिङका ज्येष्ठ नागरिक स्वतःफूर्तरुपमा पतञ्जली योग पीठ परिसरको खुला चौरमा दैनिक उपस्थित भई भजन कीर्तन गर्दै आएका छन्। दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म ज्येष्ठ महिला पुरुष उपस्थित भएर भजन कीर्तन गर्दै आएका छन्।

‘कतिपय ठाउँमा नागरिक जम्मा भएर एकअर्काको कुरा काट्ने बानी छ, त्यसले मनमा नकारात्मक भाव उत्पन्न गराउँछ’,उनले भने, ‘सकारात्मक सोचका लागि पनि फुर्सदमा ज्येष्ठ नागरिक एकठाउँमा भेला भएर भजन कीर्तन गर्न थालेका हौँ।’

व्यापार गर्ने सिलसिलामा सर्लाहीका जयनारायण महतो विगत १० वर्षदेखि वालिङमा बस्दै आएका छन्। ९६ वर्षीय महतो पनि आफ्नो फुर्सदिलो समय कटाउन दैनिक भजन कीर्तनमा सहभागी हुन्छन्। आफू जस्तै ज्येष्ठ नागरिकसँग भजन कीर्तनमा सहभागी हुन पाउँदा उनी खुसी छन्।

ज्येष्ठ नागरिकमात्रै सहभागी भएर गरिँदै आएको भजन कीर्तनमा विभिन्न बाजाको प्रयोग गरिन्छ। सीपअनुसारको बाजा बजाउने र अन्यले भजन टुक्का तथा ताली बजार साथ दिन्छन्। वालिङ–८ का ९० वर्षीय टीकाराम पङ्गेनी नछुटाई भजन कीर्तनमा सहभागी हुन्छन्।

फुर्सदिलो समय उनी पनि दैनिक भजन कीर्तनमा सहभागी भएर बुढ्यौलीपनलाई भुल्ने गर्छन्। कसरी समय कटाउने होला भन्ने भएका बेला दुई घण्टाको समय भगवानको नाम जप्दा छुट्टै खुसी मिल्ने गरेको उहाँको भनाइ छ ।

वालिङ–८ का ८१ वर्षीय विष्णु श्रेष्ठ भजन कीर्तनमा सहभागी भएपछि दुई घण्टाको समय बितेको पत्तै नपाइने बताउँछन्। भजन कीर्तन भुल्ने माध्यम बनेको उनको भनाइ छ। यहाँ गत साउन सङ्क्रान्तिदेखि भजन कीर्तन गर्न थालिएको हो। खुला चौरमा बसेर भजन कीर्तन गर्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी वालिङमा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नुपर्ने स्थानीयको माग छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad