ad ad

समाज


ट्राफिक प्रहरीलाई ५ हजार घुस दिन खोज्ने कार चालक पक्राउ

ट्राफिक प्रहरीलाई ५ हजार घुस दिन खोज्ने कार चालक पक्राउ

नेपालखबर
फागुन २६, २०७६ सोमबार ९:५७,

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन्। कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंका लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो।

कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए। उनले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारबाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आइतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको ह।

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .