मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले यस वर्ष कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनामूलक कार्यक्रम सहित होली पर्व मनाउने भएको छ।
परिषद्ले भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूल प्रयोग गरेर महामूर्ख सम्मेलन मनाउने निर्णय गरेको हो।
परिषद्का अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि चर्चापरिचर्चा र होली गीत गायनमा उत्कृष्टलाई पुरस्कारसमेत प्रदान गरिने बताए।
त्यस्तै सोमबार होली गीत गायन, मिनापको हास्य व्यङ्ग्य शैलीमा नाटक प्रस्तुति, हाँस्य कविगोष्ठी, मुर्ख र महामुर्खको उपाधि वितरण गरिने छ।
स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायसहित होली पर्व मनाउने तयारी गरिएको झाको भनाई छ।

प्रतिक्रिया