एस्ट्रोजिन एक त्यस्तो हर्माेन हो जसले महिलाको प्रजनन अंग र योनीमार्गलाई ओसिलो, लचकदार र तन्दुरुस्त बनाउँछ।
एस्ट्रोजिन हर्माेनकै कारण प्रजनन अंग एवं क्षमता विकास भएको हुन्छ। तर रजनोवृत्ति (महिनावारी) एस्ट्रोजिन कम हुँदै जाने भएकाले स्वस्फूर्त प्रजनन अंगहरू सुक्खा र कमजोर हुन थाल्छन्।
आज फागुन २५ आइतबार प्रकाशित हिमाल साप्ताहिकमा मनोचिकित्सक डा.विश्वबन्धु शर्मा भन्छन्, ‘केही महिलामा यौनेच्छामा कमी पनि आउन सक्छ। तर यो नै योन जीवनको अन्त्य भने होइन।
यसका लागि महिला र पुरुष दुवैले एकअर्कालाई बुझ्न जरुरी छ। यौन केवल शारीरिक सम्बन्ध मात्रै पनि होइन, जीवन जिउने कला पनि हो। त्यसो त रजनोवृत्तिपछिको यौन जीवन उसको रजनोवृत्तिअघिको यौन जीवनमा निर्भर गर्छ। दम्पतिबीच पहिल्यैदेखि स्वस्थ सम्बन्ध छ भने रजनोवृत्तिपछिको यौन जीवनमा केही असहज हुँदैन।
शारीरिक सम्बन्धका बेला महिलाले यौनांगमा क्रिम प्रयोग गर्न सक्छन्। पेनिट्रेट सेक्सबाहेक अन्य तरिका पनि अपनाउन सकिन्छ। नियमित यौन सम्पर्कले महिलाको पेल्भिक मांसपेशी, मूत्रथैलीलार्य मजबुत बनाउनाका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। हृदयाघतको जोखिम पनि न्यूनीकरण गर्छ।

प्रतिक्रिया