समाज


पत्रकार वीरेन्द्र साह हत्याका आरोपित १२ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साह हत्याका आरोपित १२ वर्षपछि पक्राउ

नेपालखबर
फागुन २५, २०७६ आइतबार ३:२३,

बाराका पत्रकार वीरेन्द्र साह हत्याका एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

१२ वर्षदेखि फरार बारागढी गाउँपालिका ६ गडहल निवासी कुन्दन फौजदारलाई प्रहरीले आइतबारर बिहान उनको घरबाटै पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ।

उनलाई पक्राउ गर्न प्रहरीले हवाई फायरसमेत गरेको थियो।

एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार वीरेन्द्र साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा लगेर हत्या गरिएको थियो।

हत्यारामध्येका दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

फौजदारसम्ब‍न्धी मुद्दा मुलतबीमा रहेकाले उनलाई अदालतमा पेस गरिने बारा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad