ad ad

समाज


ठूलो परिमाणमा मनोद्दीपक पदार्थसहित ६ जना नियन्त्रणमा

ठूलो परिमाणमा मनोद्दीपक पदार्थसहित ६ जना नियन्त्रणमा

नेपालखबर
असोज ४, २०८१ शुक्रबार २१:१२, काठमाडौँ

नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्दीपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले शुक्रबार पत्रकार सम्मेल गरी पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो। उदयपुरको गाईघाट नगरपालिका-५ घर भई हाल काठमाडौँ गोकर्णेश्वर, माकलबारी बस्ने ३० वर्षीय बहादुर राईलाई भदौ १८ गते बाग्मती करिडोर सडक किनारबाट लागु औषध ट्रामाडोल ९ सय क्याप्सुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताए।

उनको डेरा खानतलासी गर्दा थप ट्रामाडोल ३३ हजार ६ सय गरी जम्मा ३४ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको उनले जानकारी दिए।

भदौ १९ गते सर्लाहीको हरिपुर नगरपालिका वडा नं १ बस्ने २२ वर्षीय विपिनकुमार महतोलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, बाबाचोकबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९०० र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।

यस्तै भदौ ३१ गते पर्वतको महाशिला गाउँपालिका-५, लुंखु घर भई काठमाडौँको मित्रनगर बस्ने २७ वर्षीय चालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट ट्रामाडोल ९ हजार क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। उनले उक्त नियन्त्रित मनोद्दीपक पदार्थ सम्झना रोकाबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको दाबी छ।

झापाको अर्जुनधारा नगरपालिका-१ ठेगाना भई हाल काठमाडौँको गोँगबु बस्ने ३२ वर्षीया सम्झना रोक्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको घरकोठा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ। रोकाले उक्त ट्रामाडोल क्याप्सुलहरू बिक्री वितरण गर्ने मुख्य व्यक्ति बाराको परवानीपुर गाउँपालिका-३ बस्ने ३४ वर्षीय प्रदीप सर्राफ रहेको उनलाई काठमाडौँबाट ट्रामाडोल ३० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताए।

उनको कारोबारमा सहयोग गर्ने डल्लु घर भएका वर्ष ५१ का मनमोहन श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सर्राफले नियन्त्रित मनोद्दीपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि ठूलो परिमाणमा अवैध कारोबार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको दाबी छ।

उनीहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप भई अनुसन्धान भइरहेको छ ब्युरोले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .