नेपालका पहाडी क्षेत्रको तल्लो भूभागमा फूल्ने असारे फूलका नामले परिचित इन्डिका फूलको वैज्ञानिक नाम लेजर स्र्टोनिमा इन्डिका हो।
जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म फूल्ने यो फूललाई नेपालमा असारे फूलका नामले चिनिन्छ। विशेष गरेर असार महिनामा फूल्ने र सो समयमा यसको पूजाआजा लगायतका काममा नभइ खेतालीहरुले चुल्ठोमा सजाउने प्रयोग हुने हुँदा असारे फूल र कतै कतै खेताली फूल पनि भन्ने गरेको पाइन्छ।
जाडो समयमा बोट नै मरेजस्तो देखिने यो फूल गर्मीयाम शुरु भएसँग पलाउने र फूल्ने गर्दछ।
भारत, चाइना, कोरिया, जापानमा लगायतका देशमा यो बढी मात्रामा पाइन्छ। यो फूल बेलायतमा रोयल हर्टिकल्चरल सोसाइटी अवार्ड अफ गार्डेन मेरिथद्वारा सम्मानित भएका पाइन्छ।
यो फूल सेतो, बैजनी लगायत अन्य विभिन्न रङको हुन्छ। फूलको बोटको उचाइ अधिकतम् उचाइ ६ मिटरसम्मको हुन्छ। मध्यअसारमा तनहुँको शेराटारस्थित ज्ञान बगैंचा बोर्डिङ स्कुलपरिसरमा फुलेको असारे फूलका दर्जन तस्बिर:










प्रतिक्रिया