ad ad

समाज


पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा

पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा

फाइल तस्बिर : सिन्धुपाल्चोकको मेलम्ची


नेपालखबर
साउन १३, २०८१ आइतबार १३:४०, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसो १:२८ बजे अपडेट गरेको विवरणअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा वर्षा मापन केन्द्रमा १४२.६ मिलिमिटर वर्षा भएको हो। उक्त अवधिमा देशभरमा सबैभन्दा बढी मात्राको वर्षा यही हो। 

देशभरमा दोस्रो नम्बरमा पनि सिन्धुपाल्चोककै ढुंगेमा ११७.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाको विवरणमा उल्लेख छ। तेस्रो नम्बरमा भने लमजुङको बेँसीसहरमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ। चौथो नम्बरमा पनि लमजुङकै खुदी बजारमा १०१ मिलिमिटर वर्षा भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरमा पाँचौँ नम्बरमा फेरि सिन्धुपाल्चोककै गोब्रे भन्ने स्थानमा ९९.४ मिलिमिटर वर्षा भएको छ। छैटौँ नम्बरमा पनि सिन्धुपाल्चोककै गुमथाङमा ९३.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। 

सो अवधिमा देशका दर्जनभन्दा बढी स्थानमा भारी वर्षा (५० मिलिमिटरभन्दा माथि) भएको छ। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .