समाज


भैंसेपाटीमा बच्चा बोकेकी महिलालाई कुट्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

भैंसेपाटीमा बच्चा बोकेकी महिलालाई कुट्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

नेपालखबर
फागुन १८, २०७६ आइतबार ६:५३,

बच्चा बोकेकी महिलालाई कुटपिट गर्ने महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्स्पेक्टर देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसएसपी टेकप्रसाद राईले पौडेललाई जिम्मेवरीबाट हटाइएको बताए। उनको ठाउँमा अर्का इन्स्पेक्टर जित ओझालाई पठाइएको उनले जनाकारी दिए।

‘महिलालाई कुटपिट गरेका इन्स्पेक्टर देवीप्रसाद पौडललाई महानगरीय प्रहरी परिसर ललितपुरमा तानेर उनको ठाउँमा सुजित ओझालाई पठाइएको छ’, नेपालखबरसँग कुरा गर्दै एसएसपी राईले भने। उनले घटनाका वियषयमा प्रहरीले समिति नै बनाएर छानबिन अगाडि बढाएको बताए।

प्रहरीले सो घटनाको छानविनका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

इन्स्पेक्टर पौडेलले सो महिलालाई कुटपिट गरेको भिडियो शुक्रबार सार्वजनिक भएको थियो। त्यसलगत्तै छानबिन सुरु भएको एसएसपी राईले बताए।

नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्री र माला शाहबीचको विवाद मिलाउन भैंसेपाटीस्थित घरमा पुगेका अभियान्तालाई प्रहरीले लाठीचार्ज गरेको थियो।

सो क्रममा इन्स्पेक्टर पौडेलले बच्चा बोकेर भागिरहेकी हेमा श्रेष्ठलाई पछाडिबाट डण्ठाले पटकपटक हिर्काएका थिए।

पूर्वसहायक रथी खत्री आफ्नो श्रीमान रहेको भन्दै र नाता प्रमाणित गरिदिन शाहले माग गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad