एक सय १२ वर्षको उमेरमा विश्वकै वृद्ध पुरुषको निधन भएको छ।
दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो।
उपाधि पाएको केहिहप्तामै चितेत्सुको निधन भएको गत मंगलबार जापान सरकारले बताएको हो।
वातानाबे सन् १९०७ मार्च ५ मा जन्मिएका थिए। पहिलो विश्वयुद्ध बारे त्यति थाहा नभएका वातानावेले दोस्रो विश्वयुद्धको भने प्रत्यक्ष अनुभव गरे।
दोस्रो विश्वयुद्ध समाप्त हुन अगाडि सन् १९४४ मा उनी जापानी सेनामा भर्ती भएका थिए।
गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रमाणपत्र पाएपछि उनलाई सीएनएनले लामो समयसम्म बाँच्नुको राजबारे प्रश्न गरेको थियो।
जवाफमा उनले भनेका थिए,‘लामो समयसम्म बाँच्न हामी कहिल्यै रिसाउनु हुन्न। जहिल्यै मुस्कुराउनुपर्छ।’
हाल विश्वका सबैभन्दा बढी बाँच्ने व्यक्ति पनि जापानकै हुन्। उनी ११७ वर्षकी केन तानका हुन्। एजेन्सी


प्रतिक्रिया