ad ad

समाज


सौर्य एयर दुर्घटनाका घाइते पाइलटको मेरुदण्डको अपरेसन, शरीरमा छैन जलन

सौर्य एयर दुर्घटनाका घाइते पाइलटको मेरुदण्डको अपरेसन, शरीरमा छैन जलन

नेपालखबर
साउन ९, २०८१ बुधबार १६:५७, काठमाडौँ

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ। 

विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। पाइलट शाक्य भने बाँच्न सफल भएका थिए। 

उनलाई लगत्तै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा लगेर उपचार थालिएको थियो। 

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, उनको मेरुदण्डको अपरेसन हुने भएको छ। 

‘शरीरका विभिन्न ठाउँमा घाउचोट छन्। कतै जलन भने छैन। मेरुदण्डको अपरेसन गरिँदै छ,’ एक चिकित्सकले नेपालखबरसँग भने। 

उनका शरीरका केही परीक्षणहरूको रिपोर्ट आउन बाँकी छ। 

अस्पतालले उनको स्वास्थ्यवस्थाबारे जानकारी गराउँदै केहीबेरमा विज्ञप्ति निकाल्ने तयारी गरेको छ। 

शाक्यको अहिले सोही अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .