समाज


सुर्खेतमा गाडी दुर्घटना हुँदा १९ यात्रु घाइते, तीन गम्भीर

सुर्खेतमा गाडी दुर्घटना हुँदा १९ यात्रु घाइते, तीन गम्भीर

नेपालखबर
साउन ६, २०८३ बुधबार १४:४८, काठमाडौँ

सुर्खेतमा बुधबार फोर्स गाडी दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ। 

बुधबार सिम्ताबाट गमीतर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको गाडी सुर्खेतको गुर्भाकोट नगरपालिका-१३, सेराघारीमा दुर्घटना भएको हो। गाडी अनियन्त्रित भएर सडमै पल्टिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। 

गाडीमा २० जना सवार थिए। उनीहरू १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइतेलाई सुर्खेतका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। गम्भीर घाइतेमध्ये सुर्खेतको सिम्ता गाउँपालिका-९ का ४० वर्षीय गणेश वलीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। उनको टाउँकोमा चोट लागेको अस्पतालले जनाएको छ। 

त्यस्तै, गम्भीर घाइते सुर्खेतको गर्भाकोट नगरपालिका-१३ का पाँच वर्षीय रियाज शाही र तनहुँकी ३९ वर्षीय भावना राई पनि टाउकोमा चोट लागेको छ। उनीहरूको सुर्खेतस्थित कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ। 

त्यस्तै, घाइते हुनेहरूमा सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ की २३ वर्षीया ममता पुन, सिम्ता गाउँपालिका-९ की ४५ वर्षीया बिष्णुमाया सुनार, १० वर्षीय प्रविन सुनार, तनहुँका दुई वर्षीय प्रज्वल राई, सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ की ३२ वर्षीय जैसरा बुढा, ६० वर्षीय भुमिसरा खड्का, ४२ वर्षीय उदयराम भुजेल, ४५ वर्षीया धनमाया भुजेल र ३२ वर्षीय टीका खत्री छन्। 

यसैगरी सुर्खेतकै सिम्ताका ६० वर्षीय भीमबहादुर थापा, ५५ वर्षीया तुलसरा सुनार, गुर्भाकोट नगरपालिका-१४ का १२ वर्षीय सक्षम बुढा, गुर्भाकोट-१२ की १५ वर्षीय प्रिति गुरुङ, सिम्ता गाउँपालिका-९ की ३० वर्षीय शान्ता खत्री, गुर्भाकोट नगरपालिका-१४ की १७ वर्षीय भावना आले र सिम्ता गाउँपालिका-९ की ३० वर्षीय मनिषा थापा पनि घाइते भएका छन्।

गाडी चालक गुर्भाकोट नगरपालिका-१३ सेराघारीका ४३ वर्षीय गगन थापा भने सकुसल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad