ad ad

समाज


सौर्यको जहाज दुर्घटना : क्याप्टेन शाक्यको आँखामा चोट, अन्य शवहरू टिचिङ अस्पताल लगिँदै

सौर्यको जहाज दुर्घटना : क्याप्टेन शाक्यको आँखामा चोट, अन्य शवहरू टिचिङ अस्पताल लगिँदै

नेपालखबर
साउन ९, २०८१ बुधबार १२:३३, काठमाडौँ

त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, जहाजका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। 

उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको एसएसपी मैनालीले बताए। 

११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको छ। जहाजमा चालकदलका २ सदस्यसहित १९ जना सवार थिए। 

सवार सबै सौर्य एयरकै कर्मचारी रहेको मैनानीले जानकारी दिए। उनका अनुसार संकलित सबै शवहरू त्रिवि शिक्षण अस्पताल लान थालिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .