समाज


पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन ६, २०८३ बुधबार १६:३१, काठमाडौँ

कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेल्केढुंगा, लेखनवाडा वडा कार्यालय, दुर्सी फागोटी सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।

८ लाख ८ हजार ६८० रुपैयाँ बिगो कायम गरिएको मुद्दामा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सवइन्जिनियर विनोद कुमार बम, नन्दबहादुर सिंह, वडा नं ९ का वडाध्यक्ष टक्कबहादुर बम, सडक आयोजनाका उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, सचिव कमलबहादुर बम र कोषाध्यक्ष सुलक्षिना बमलाई प्रतिवादी बनाइएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा बेल्केढुंगा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणको लागि गाउँपालिकाबाट ४० लाख विनियोजन भएकोमा दुरूपयोग गरेको आरोप छ।

गाउँपालिकामार्फत उपभोक्ता समितिलाई ३८ लाख रूपैयाँ भुक्तानी गरेको देखिएता पनि आयोगबाट खटि गएको प्राविधिकसमेतको टोलीले स्थलगत नापजाँच गर्दा कम काम भएको ठहर गरेको अख्तियारको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad