ad ad

समाज


कर्कटको प्रेममा मनमुटाव हुने, कुम्भमा हर्ष उमङ्ग छाउने, तपाईँको के? हेर्नुस् २९ असारको राशिफल

कर्कटको प्रेममा मनमुटाव हुने, कुम्भमा हर्ष उमङ्ग छाउने, तपाईँको के? हेर्नुस् २९ असारको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार २९, २०८१ शनिबार ४:४१, काठमाडौँ

आज शनिबार, २९ असार २०८१ (१३ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। नयाँ व्यक्तिसँग मित्रता बढ्नेछ। लाभदायक र सुखद यात्रा हुने योग छ। मनोबल उच्च रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।  कालो रङको प्रयोग नगर्ने।

वृष : भाग्यले साथ दिनेछ। आफन्त, प्रेमी/प्रेमिका वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। कसैलाई सन्तान लाभ हुन सक्छ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेम जीवन सफल र सुखद रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ। साँझमा साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : धर्मकर्ममा मन लाग्नेछ। मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। धैर्य गरी मेहनत गरेमा कार्यसिद्धि हुन सक्छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। प्याजी रङको प्रयोग नगर्ने।

कन्या : नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ काम वा रोजगार पाइन सक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला : छोटो दूरीको लाभदायक यात्रा हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवनमा पारिवारिक साथ मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो रहेको छ भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्यारो साथीसँग खिन्नता बढ्न सक्छ। त्यसैले, प्रेमी/प्रेमिकाको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा असामान्यता देखिन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : पारिवारिक जमघट तथा सामूहिक कार्यमा सहभागी भइनेछ। प्रेमी/प्रेमिकाको मन जित्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त होला। मान सम्मान पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : भाग्यले विभिन्न अवसर जुराउनेछ। आँटेको कार्य पूरा हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। शिक्षामा सफलता पाइनेछ। धनार्जनका स्रोत पत्ता लाग्नेछन्। धर्मकर्ममा मन लाग्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। नवीन ज्ञान प्राप्त होला। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो हो भने र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : यात्रामा सावधानी अपनाउनु पर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ला। नजिकका व्यक्तिबाट धोका पाइएला तर आर्थिक लाभ भने मिल्नेछ। आफ्नै दक्षतामा कार्य सम्पन्न हुनेछ। बौद्धिकताको विकास हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .