ad ad

समाज


राशिफल २१ असार : तुलाले कम बोल्दा राम्रो, मीनको रिस गर्नेहरू भए पनि बिगार गर्न नसक्ने, तपाईँको के?

राशिफल २१ असार : तुलाले कम बोल्दा राम्रो, मीनको रिस गर्नेहरू भए पनि बिगार गर्न नसक्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार २१, २०८१ शुक्रबार ४:४२, काठमाडौँ

आज शुक्रबार, २१ असार २०८१ (५ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्राविधिक कार्यमा सफलता मिल्ला। परिवारसँग रमाइलो भेटघाट हुनेछ। विदेश यात्राको प्रक्रिया अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ। प्रेमी/प्रेमिकाको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ दिनेछन्। परिवारसँग भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्ला तर खर्च भने बढ्नेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : काम गर्दा अपजस आइलाग्नेछ। विवादसमेत सिर्जना हुन सक्छ। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। सद्विचार राखेर अघि बढ्दा सफलता पाउन सकिन्छ। प्राविधिक कार्यबाट सकारात्मक फल मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : आफ्नो इच्छाअनुसार समय बिताउने अवसर जुर्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। आँटेको र ताकेको कार्य पूरा होला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह : मनमा शान्ति छाउनेछ। भ्रमणको योजना बन्नेछ। छोराछोरीसँग मनोरञ्जनपूर्ण तरिकाले समय बिताउने अवसर जुर्ला। व्यक्तिगत तथा पारिवारिक खुसीका लागि खर्च हुन सक्छ। साँझ भेटघाटमा व्यस्त भइनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमी/प्रेमिकाको दह्रो साथ रहला। रोजगारीको अवसर मिल्नेछ। लामो यात्रा सुखद र सफल हुनेछ। साथीभाइसँग रमाइलो भ्रमण हुन सक्छ। खनपिनमा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। धोका नदिने।

तुला : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। गरेको कार्यमा सफलता पाइनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति खर्च बढ्न सक्छ।

भाग्यशाली रङ हरियो रहेको छ भने अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : भाग्यले विभिन्न अवसर जुराउनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। परीक्षामा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।  घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : नयाँ सवारी साधन प्राप्तिको योग छ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलन हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : हात हालेको काम पूर्ण हुनेछ। कृषि तथा व्यावसायिक काममा फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दामामिलामा विजयी भइनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : बाधा आइलागे पनि काम रोकिने छैन। प्रतिस्पर्धीले रिस गरे पनि बिगार गर्न सक्ने छैनन्। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगरेकै जाति हुनेछ। यात्राको योजना बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .